ओमानमाथि नेपाल ए को प्रभावशाली जित
As events in Global accelerate, the focus remains on ओमानमाथि नेपाल ए को प्रभावशाली जित, bringing clearer perspective to the multifaceted nature of these recent reports.
होमपेज समाचार बिजनेस जीवनशैली मनोरञ्जन विचार खेलकुद अन्य ओमानमाथि नेपाल ए को प्रभावशाली जित २०८३ वैशाख ११ गते १६:०६ अनलाइनखबर News Summary Generated by OK AI. Editorially reviewed. नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो अभ्यास एकदिवसीय खेलमा ११५ रनले जित हासिल गरेको छ। नेपाल ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान १६९ रनमा अलआउट भएको छ। युवराज खत्रीले ६ ओभरमा १६ रन दिएर ३ विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिए। ११ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो अभ्यास एकदिवसीय खेलमा प्रभावशाली जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ११५ रनले विजयी भएको हो । नेपाल ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमा अलआउट भयो । मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । जितेन रामानन्दीले २४ तथा विनायक शुक्लाले २१ रन बनाए । नेपाल ए का लागि युवराज खत्रीले ६ ओभरमा १६ रन दिएर ३ विकेट लिए । हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । त्यसअघि इशान पान्डे, देव खनाल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपाल ए ले बलियो योगफल खडा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो । इशान पान्डेले ६९, देव खनालले ६२ तथा कुशल मल्लले ५७ रन बनाए । इशान र देव मिलेर तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । कुशल मल्लले आक्रामक फिनिसिङ दिलाए । ओमानका लागि जितेन रामानन्दीले २ विकेट लिँदा शकील अहमद, नदीम खान, सिद्धार्थ बुक्कापटनम र वासिम अलीले १-१ विकेट लिए ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
